- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनसङ्ख्या र कार्यक्षेत्रको मनोविज्ञान बुझेर बजेट विनियोजन हुन आवश्यक रहेको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको आव २०७७-७८ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा उहाँले जनसङ्ख्याको ठूलो हिस्साको प्रतिनिधित्व गर्ने मन्त्रालय भएकाले सोही अनुरुपको बजेट विनियोजनका लागि आग्रह गरे ।
सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि वार्षिक कूल बजेटको ०.१६ प्रतिशत मात्र बजेट विनियोजन गर्दैआएको छ । मन्त्री गहतराजले भने, “अव कोभिड–१९ को बहाना बनाएर जिम्मेवारीबाट पन्छने होइन, प्रत्येक युवालाई मन्त्रालय मेरो हो भन्ने अनुभूति दिलाउने गरी हामीले काम सक्नुपर्छ । युवालाई प्रेरित गर्ने ढङ्गबाट सहजीकरण गरिदिनुपर्छ ।”
मन्त्रालयले आगामी दिनमा रङ्गशालालगायतका केही राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न एकिकृत र विकेन्द्रिकृत कार्यक्रम बनाउनुपर्नेमा जोड दिदैँ उनले बेरुजु फछ्र्यौँटलाई अभियानका साथ नीतिगत र कानूनीरुपमा अघि बढाउन निर्देशन दिए ।