arrow

थप ३३२ मा संक्रमण पुष्टि, चार जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल नौ हजार ९२० मा कोरोना परीक्षण गर्दा ३३२ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमित  सङ्ख्या सात हजार ३६९ रहेका छन् । पछिल्लो समय थप २३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै भाइरस संक्रमणुक्त हुनेको सङ्ख्या आठ लाख एक हजार १२२ पुगेको छ । 

संक्रमणमुक्त हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी संक्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । यस्तै शून्य संक्रमित भएका जिल्ला मनाङ, हुम्ला, डोल्पा, जाजरकोट र मुगु रहेका छन् । 

नेपालमा संक्रमण दर १७.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९८१, संस्थागत आइसोलेशनमा ३८८, आइसियुमा २०६ र भेन्टिलेटरमा ४० जनाको उपचार हुँदैछ ।  

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप चारको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ । 

त्यसैगरी पछिल्लो समय एक लाख ४७ हजार २६२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । पहिलो मात्रा ९२ लाख ८४ हजार ३३७ ले र पूर्ण मात्रा ८० लाख ५९ हजार ३०२ ले खोप लगाएका छन् । 



नयाँ