arrow

सिजि ब्राण्ड अन्तर्गत ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
cg-meridia-2078.jpg

काठमाडौँ। सिजि ब्राण्ड अन्तर्गत सिजिले आफ्नो ‘सिजि मेरिडिया’ प्रिमियम फ्रिज आजबाट बजारमा ल्याएको छ। सिजि मेरिडिया फ्रिज सिजि ब्राण्डको लक्जरी उत्पादनहरू मध्ये एक हो। आफ्ना सुरुवाती दिनहरू देखि नै सिजि ब्राण्डले नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कुरा सर्व विदितै छ। प्रविधिको क्षेत्रमा नवीनता र आयाम भित्र्याउँदै सिजि ब्राण्ड आज हरेक नेपालीको मनमा बस्न सफल भएको छ।

प्रविधि र नवीनतामा विशेष चासो राख्ने सिजि ब्राण्डको उन्नत प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय हो। बजारमा आएको यस ‘सिजि मेरिडिया’ फ्रिज अत्यधिक उत्कृष्ट प्रविधिबाट बनाइएको फ्रिज हो।

यस फ्रिजको मुख्य आकर्षण ‘डिजिटल इन्भर्टर कम्प्रेसर’ प्रविधि हो। जसमा भेरियबल स्पिड कम्प्रेसरको मद्दतले बिजुलीको बचत गर्नुका साथै इनर्जी इफिसेन्ट पनि छ । साथ साथै छिटो चिसो बनाउने र शान्त रूपले चल्ने गर्दछ।

त्यसै गरी, मेरिडिया फ्रिज, अत्यधिक ताजगी, साइक्लोपेनटेन, जसले लोडसेडिङको अवस्थामा पनि खानालाई लामो समय सम्म ताजा बनाउने जस्ता जीवन सहज बनाउने थप सुविधाहरूबाट तयार पारिएको उत्पादन हो। कम्पनीले यस फ्रिजको खरिदमा  १० वर्षको कम्प्रेसर वारेन्टी पनि उपलब्ध गराएको छ।

सिजि ब्राण्डले आउने दिनहरूमा‘ सिजि मेरिडिया’ नाम अन्तर्गत आफ्ना अरू पनि थुप्रै उत्पादनहरू बजार ल्याउने कुरा पनि कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ