शिवम् सिमेन्टद्वारा २६० निर्माणकर्मीहरूको पाँच लाखको बिमा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
674
Shares
काठमाडौँ। शिवम् सिमेन्ट लिमिटेडले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीहरूसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। सो अन्तर्क्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूको लागि रु. ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोसिली सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको हो। देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूको लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बिमा गरेको थियो।
चरणबद्ध रूपमा देशका विभिन्न स्थानहरूमा नियमित अन्तर्क्रिया तथा बिमा कार्यक्रम गर्दै आइरहेको शिवमले हाल आबुखैरेनी, मुग्लिङ, गोरखा, दमौली र डुम्रेका २६० निर्माणकर्मीहरूसँग परामर्श तथा बिमा कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
पहिलो चरण अन्तर्गत भदौ तथा असोज महिनामा काठमाडौँ, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरूको जोखिम बिमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन्।
उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आई पर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो।
उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरू, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो। शिवम् सिमेन्टले आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका विक्रेताहरूसँगको समन्वयमा यस अन्तत्र्रिmया तथा निःशुल्क बिमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ।
योसँगै शिवम् सिमेन्टले निरन्तर रूपमा बिक्री पछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आइरहेको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि नं. १६६००१२३३२१ (एनटीसी.) ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
देशका विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो।
ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा हेटौँडामा स्थापित भई अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको जनाएको छ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको दाबी गरेको छ।