arrow

पहिलो महिला प्रधानमन्त्री बनेकी म्याग्डालेनाले किन दिइन् राजीनामा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
magdalena Andersson.jpg

काठमाडौं । स्वीडेनका लागि पहिलो महिला प्रधानमन्त्री बनेकी सोसल डेमोक्रेटिक पार्टीकी नेता म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएकी छन् । 

बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त भएको केही घण्टामै उनले राजीनामा दिएकी हुन् । गठबन्धन सरकारमा साझेदार रहेको ग्रिन्स पार्टीले समर्थन फिर्ता लिएपछि प्रश्न उठ्ने गरी पदमा रहनु भन्दा सोसल डेमोक्रेटिक पार्टीको एकल सरकारको प्रधानमन्त्री हुने भन्दै उनले राजीनामा दिएकी हुन् ।

गठबन्धन सरकारले ल्याएको बजेट संसदबाट अस्वीकृत भएपछि ग्रिन्स पार्टी साझेदारीबाट पछि हटेको थियो ।

स्वीडेनमा महिलाले मतदान गर्ने अधिकार पाएको १ सय वर्षपछि महिला प्रधानमन्त्री बनेकी म्याग्डलेनाले एक पार्टीको सरकारको प्रधानमन्त्री हुने अपेक्षा राखेकी छन् ।

नयाँ सरकार गठन नहुन्जेल अब, स्वीडेनमा अन्तरिम सरकार रहने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ