arrow

जनगणना गर्न छाङ्गरु गएको टोली हेलिकप्टरबाट खलङ्गा ओर्लियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
helicoptor-changrung.JPG

दार्चुला ।  व्यास गाउँपालिका-१ को छाङ्गरु र तिङ्करमा जनगणना गर्न गएका गणक टोलीलाई हेलिकप्टरले सदरमुकाम खलङ्गा झारेको छ । भौगोलिक कठिनाइ चिर्दै जनगणनाका लागि व्यास पुगेका सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीलाई बिहीबार सुर्खेतबाट आएको हेलिकप्टरले खलङ्गा ल्याएको हो। 

व्यासबाट खलङ्गा आउन बाटो जोखिमपूर्ण हुँदा  हेलिकप्टरको माग गरिएको थियो । छाङ्गरु र तिङ्करमा जनगणना गर्न शुक्रवार सहायक जिल्ला जनगणना अधिकारी कार्की एक जना सहयोगी साथमा लिएर खलङ्गाबाट हिँडेका थिए । उनले तीन दिनमा त्यहाँको गणना गरेको बताइएको छ । 

तिङ्करका बासिन्दा त्यहाँबाट बसाइ सरि खलङ्गा आएकाले उनीहरूको जनगणना सदरमुकाममै हुने जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । 

भारतले गणकलाई छाङ्गरु जान बाटो नदिएपछि नेपालकै भूमि भएर गणक टोली व्यास गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ