arrow

तनहुँ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा विक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
Binod Bk Tanahun.jpg

तनहुँ । तनहुँ सुन चाँदी व्यवसायी संघको अध्यक्षमा विनोदकुमार विक विजयी भएका छन् । प्रत्यासी एकबहादुर विकलाई पराजित गर्दै विनोद विजयी भएका हुन् । विनोदले ९२ मत प्राप्त गर्दा एकबहादुरले ७५ मत पाए ।

संघको उपाध्यक्षमा ९० मतका साथ हरि गहतराज निर्वाचित भए । उनका प्रतिस्पर्धी भिमबहादुर विकले ७९ मत पाए । सचिवमा पदमबहादुर सुनार विजयी भए । उनले १०० मत प्राप्त गरे । सचिवका अर्का प्रत्यासी पूर्णबहादुर विकले ६३ मत पाए ।

अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका मन्त्री डोवाटे विश्वकर्माले देशको अर्थतन्त्रमा सुनचाँदी व्यवसायको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले प्रायः दलित समुदाय यसमा आवद्ध रहेको भन्दै पेशागत विकासका सवालमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ