arrow

३०८ संक्रमित थपिए, तीन जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
corona-variant.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ९०९ को पीसीआर परीक्षण गरिएको थियो । 

योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या हालसम्म आठ लाख २० हजार २८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४२४ पुगेको छ । पछिल्लो समय थप २९८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म आठ लाख एक हजार ४२० पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ ।

त्यसै गरी पछिल्लो समय एक लाख ७७ हजार ८८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३४९ रहेको छ । 

हाल होम आइसोलेसनमा छ हजार ९६१, संस्थागत आइसोलेसनमा ३८८, सघन उपचार कक्षमा १९७ र भेन्टिलेटरमा ४१ जनाको उपचार हुँदै छ । 



नयाँ