arrow

माछापुच्छ्रे बैङ्कको सहयोगमा नारायणहिटी दरबार सङ्ग्रहालयमा मोबाइल लक्करको व्यवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
mbl-narayanhiti-dubar-mobile-safe.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले नारायणहिटी दरबार सङ्ग्रहालय घुम्न आउने आगन्तुकहरूको लागि मोबाइल लक्कर नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र माछापुच्छ्रे बैङ्कका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाइल लक्करको संयुक्त रूपमा रिबन कटि उद्घाटन गरेका थिए।

आगन्तुक हरूले अब दरबार सङ्ग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लक्करमा  सुरक्षित राखी निस्फिक्री भएर भ्रमण गर्न सक्ने छन्।

माछापुच्छ्रे बैङ्क लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरू र १५४ शाखारहित बैङ्किङ सेवा, ६ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३२२ स्थानबाट १० लाख भन्दा बढी ग्राहकहरूमा सम्पूर्ण बैङ्किङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैङ्कको देशभर २०० बटा एटिएमहरू सञ्चालनमा रहेको छन्।
 



नयाँ