arrow

युआरएल पत्रकारिता पुरस्कार पत्रकार हरि बास्तोलालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
Hari Banstola.jpg

पोखरा । यस वर्षको युआरएल पत्रकारिता पुरस्कार पत्रकार हरि बास्तोलालाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

पत्रकार बास्तोला राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन् । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिको निर्णय अनुसार बास्तोलालाई पुरस्कृत गर्न लागिएको हो । 

समिति सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारी छन् ।

युआरएलको आठौं वार्षिकोत्सवमा मंसिर २३ मा हुने समारोहमा पुरस्कार अर्पण गरिनेछ ।

स्वास्थ्य प्रयोगशालामा प्रदेशको अगुवाइ गरेको युआरएलले स्वास्थ्य सचेतनामा योगदान दिन पुरस्कार स्थापना र सञ्चालन गरेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

यो पुरस्कारबाट अहिलेसम्म पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ