- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। चितवनमा शुक्रवारबाट सुरु भएको नेकपा (एमाले) को १०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको लागि अन्तिम प्रयास सुरु भएको छ। पदाधिकारी र केन्द्रीय कमिटीको सङ्ख्या बढाएर सहमतिको प्रयास थालिएको हो।
अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूबिच भएको छलफलमा २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०१ बनाउने सहमति भएको छ। यसै गरी यसअघि हटाइएको पोलिटब्यूरो पनि राख्ने सहमति भएको छ।
चितवनको सौराहास्थित जङ्गल क्राउन होटेलमा एमालेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रवार बस्ने भनिएपछि अहिलेसम्म सुरु भएको छैन। नेताहरू आन्तरिक छलफलमै केन्द्रित भएका छन्।
केन्द्रीय सदस्यहरू पनि बैठक कुरेर बसेका भए पनि उनीहरूले सहमतितर्फ उन्मुख हुने बताइरहेका छन्। सौराहमा बस्ने बैठकमा नेताहरूबीच भएको सहमतिअनुसार विधान संशोधनको प्रस्ताव आउने स्रोतको दाबी छ।