arrow

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अत्यन्तै कडा, २१० प्रतिशतले बढे संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
corona-virus-awareness.jpg

काठमाडौं । दक्षिण अफ्रिकामा पाइएको कोरोना भाइरसको नयाँ भेरियन्ट निकै नै कडा पाइएको छ । उक्त नयाँ स्ट्रेनको नाम विश्व स्वास्थ्य संगठन (डब्ल्यूएअओ) ले बी.१.१.५२९ लाई ‘ओमिक्रोन’ नाम दिएको छ । शुक्रबार ओमिक्रोन नाम दिइएको हो । 

गत २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा पाइएको नयाँ भेरियन्टबारे डब्ल्यूएचओमा रिपोर्ट पेश भएको थियो । उक्त भेरियन्ट फैलिएर बोत्स्वाना, बेल्जियम, हङकङ र इजरेलमासमेत फैलिएको बताइएको छ । 

यो निकै नै खतरनाक भेरियन्ट भएको बताइएको छ । रिपोर्टअनुसार दक्षिण अफ्रिकामा एक हप्तामा २१० प्रतिशतले संक्रमितहरु बढेका छन् । डब्ल्यूएचओले यसलाई थप अनुसन्धान गर्ने जनाएको छ । डब्ल्यूएचओले सरकारका लागि थप गाइडेन्स जारी गर्ने जनाएको छ । 

बेल्जियममा इजिप्टबाट टर्की हुँदै देश फर्किएकी एक युवतीमा ११ दिनपछि लक्षण देखिएको छ । इजरेलमा तीन जनामा नयाँ भेरियन्टका लक्षण देखिएका छन् । 

केही देशहरुले दक्षिण अफ्रिकासँगको यात्रामा प्रतिबन्ध लगाएका छन् । नामिबिया, जिम्बावे, बोत्स्वाना, लेसोथो र इस्वातिनीले बेलायत प्रवेशमा रोक नै लगाएको छ । 

जापानले पनि शनिबारदेखि दक्षिण अफ्रिका प्रवेशमा रोक लगाएको छ । भारतले पनि भ्रमणमा रोक लगाएको छ । जर्मनीले पनि प्रतिबन्ध चाहिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ