arrow

सहमतिमै नेतृत्व चयन हुन्छ, पद थप गर्नु आवश्यकता हो : योगेश भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
yogesh-bhattrai3.jpg

काठमाडौं । नेकपा (एमाले)का सचिब योगेश भट्टराईले सबैको सहमतिमा नै पद थपिएको प्रतिक्रिया दिएका छन् । विधान अधिवेशनको मर्मविपरित पद संख्या थपिएको भन्दै विरोध भएपछि उनले आवश्यकताका आधारमा पद थपिएको जानकारी दिए ।

‘पद थपिए पनि एमालेकै साथीहरुले अवसर पाउने हो । सबैको सल्लाह र रायका अनुसार पद थपिएको हो,’महाधिवेशन स्थलबाट उनले संचारकर्मीहरुसँग भने ।

अध्यक्षका लागि सहमतिको प्रयास जारी रहेको र संभवत सहमतिकै आधारमा नेतृत्व चयन हुने पनि उनको भनाइ थियो ।  एमालेले गत असोजमा भएको विधान अधिवेशनको निर्णय विपरित पद संख्या थपिएपछि विवाद सिर्जना भएको थियो ।

विधान अधिवेशनले तय गरेका पदाधिकारी संख्यालाई चितवनको सौराहामा भएको पार्टीको नवौं केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाएको छ । स्थायी कमिटी ४५ सदस्यीय यथावत राख्ने भएको छ । तर पोलिटब्यूरो पनि बढाएर ९९ सदस्यीय बनाइएको छ । 

 
 



नयाँ