arrow

बेलायत र ईयूपछि अमेरिकाले पनि लगायो आठ अफ्रिकी देशबाट यात्रामा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
usa-travel-pendamic.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ झनै खतरनाक हुनसक्ने शंका गरिएको भेरियन्ट देखापरेपछि दक्षिण अफ्रिका एवं अन्य अफ्रिकी मुलुकहरुबाट यात्रामा प्रतिबन्ध लगाउन थालिएको छ । बेलायत, युरोपियन युनियन (ईयू) सँगै अमेरिकाले पनि दक्षिण अफ्रिका र सात अन्य दक्षिण अफ्रिकी मुलुकबाट यात्रामा प्रतिबन्ध लगाएको हो ।

अब, त्यहाँबाट अमेरिकी नागरिक मात्रै अमेरिका आउन पाउने छन् । क्यानडाले समेत ती मुलुकहरुबाट यात्रामा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।

झन्डै १० उत्परिर्वतन भेटिएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ओमिक्रोन नाम दिएको छ । यो भाइरस कति संक्रामक र खतरनाक छ भनेर थाहा पाउन केही हप्ता लाग्ने डब्ल्युएचओले जानकारी दिएको छ ।

यद्यपि बढी संक्रामक र घातक हुनसक्ने ठानिएसँगै विश्वभर फेरि कडाइ शुरु भएको छ । नेपालले समेत दक्षिण अफ्रिकी मुलुकबाट आउने नागरिकहरुलाई क्वारेन्टिनमा राखेर परीक्षण गरि जनी स्विक्वेन्सिङ गर्ने जानकारी दिएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अत्यन्तै कडा, २१० प्रतिशतले बढे संक्रमित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ