arrow

एमाले महाधिवेशनमा मतदान जारी, मध्यान्हसम्म परिणाम आइसक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
uml-10th-sauraha8765.jpg
तस्वीर–फाइल ।

सौराहा । नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा मतदान जारी रहेको छ । बिहान ४ बजेबाट मतदान जारी रहेको हो । राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान शुरु भएको थियो । 

गए रातभर पनि सहमतिका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रयास जारी राखेका थिए । पहिलो मत ओलीले नै दिएका छन् । उनी फेरि पनि अध्यक्ष हुने होडमा छन् । ओलीसँग निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावल चुनावी प्रतिस्पर्धामा छन् ।

अध्यक्षका उम्मेदवार रालव लगायतका नेताहरूले शुरूआतमा मतदान गरेका थिए ।  यसअघिको कार्यतालिका अनुसार बिहान ८ बजेसम्म मतदान हुनेछ । तर यो समय दुई घण्टासम्म धकेलिन पनि सक्नेछ । 

मध्यान्हसम्म परिणाम आइसक्ने दाबी गरिएको छ । 

एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा छन् । सात सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो । 

महाधिवेशन १० मंसिरदेखि जारी छ । १२ गते नै महाधिवेशन सक्ने तयारी गरिएको भए पनि ओलीले सर्वसहमतिको रटान गरेपछि एकाएक ढिलो हुन पुगेको हो । भीम रावल र नेता घनश्याम भुषालले चुनाव हुनुपर्छ भनी असन्तुष्टि जनाएपछि ओलीको प्रयास विफल भएको हो । 

भुषालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।  



नयाँ