arrow

मंसिरकै सबैभन्दा बढी प्रतिशतमा देखियो कोरोना भाइरस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड१९) पुष्टि भएको छ। ४ हजार ३ सय २९ पीसीआरमध्ये २४५ र २ हजार १ सय ४० एन्टीजेनमध्ये १० जनामा संक्रमण पुष्टि भएको हो।

पीसीआरबाट संक्रमण पुष्टि हुनेको संख्या हेर्दा आइतबार संक्रमण दर ५.६६ प्रतिशत देखिएको छ । यो प्रतिशत मंसिर लागेपछिको सबैभन्दा बढी हो । 

थपिएकामा उपत्यकाका मात्रै १०१ जना हुन् । जसमा काठमाडौंका ६१, ललितपुरका २९ र भक्तपुरका ११ जना हुन् । यसै समयावधिमा २ सय ५६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ६ हजार ४ सय ६९ जनाको नमुना परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ८ लाख २१ हजार ३ सय ६६ जनामा र एन्टीजेन विधिबाट ९५ हजार ४ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ८ लाख २ हजार ९ सय ९ जना निको भइसकेका छन्, भने ११ हजार ५ सय २६ जनाको मृत्यु भएको छ ।
 



नयाँ