arrow

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कार्की र गुरुङ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
Shusil Karki.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं. १७ हनुमान टोल बस्ने वर्ष २५ का छावा भन्ने सुशिल कार्कीलाई पक्राउ परेको छ । 

प्रहरीका अनुसार कार्कीले गत तिहारको समयमा पोखरा १७ महतगौंडामा धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका थिए । सोही समयदेखि उनी फरार थिए । 

कार्कीलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको सहयोगमा बुटवलबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

सोही घटनामा संलग्न पोखरा २० भलाम घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने वर्ष १९ का गोरे भन्ने सुरज गुरुङ यस अघि नै पक्राउ परेका थिए ।

दुवै जनालाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट तीन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ