ओमिक्राेन बढी संक्रामक, विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
1.6k
Shares
काठमाडौं । कोरोना भाइरसको नयाँ देखिएको भेरियन्ट ओमिक्रोन बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
अफ्रिका र अन्य केही मुलुकमा तिव्ररुपमा फैलिरहेको ओमिक्रोन हालसम्म नेपालमा फेला नपरेको र आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ओमिक्रोन भेरियन्टलाई नेपाल प्रवेश गर्न नदिन सबै निकायबाट एक भएर काम भइरहेको मन्त्रालयले जनाएको छ । यसका साथसाथै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।
संक्रमण फैलिनबाट जोगिनका लागि स्वास्थ्य मापदण्डको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।