arrow

ओमिक्राेन बढी संक्रामक, विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
ministry-of-health-1618304803.jpeg

काठमाडौं । कोरोना भाइरसको नयाँ देखिएको भेरियन्ट ओमिक्रोन बढी संक्रामक र सबै उमेर समूहकालाई असर पार्ने देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

अफ्रिका र अन्य केही मुलुकमा तिव्ररुपमा फैलिरहेको ओमिक्रोन हालसम्म नेपालमा फेला नपरेको र आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ओमिक्रोन भेरियन्टलाई नेपाल प्रवेश गर्न नदिन सबै निकायबाट एक भएर काम भइरहेको मन्त्रालयले जनाएको छ । यसका साथसाथै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्नसमेत मन्त्रालयले आग्रह गरेको छ। 

संक्रमण फैलिनबाट जोगिनका लागि स्वास्थ्य मापदण्डको पालना गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्ति–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ