arrow

चीनमा हुने सबै टुर्नामेन्ट स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
china-peng-zhang-tennis-rape-assult.png

काठमाडौँ । महिला टेनिस सङ्घ (डब्लुटीए)ले एक विज्ञप्ति जारी गर्दै चीनमा हुने सबै ओलम्पिक टुर्नामेन्ट स्थगित गरेको छ । चिनियाँ टेनिस च्याम्पियन पेंग शुई विगत तीन साता भन्दा लामो समयदेखि सार्वजनिक रूपमा देखा पर्न नसकेको पछि डब्ल्युटीएले यस्तो निर्णय गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व सर्वोच्च नेताले आफूमाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक गरेपछि पेंग लामो समयदेखि सार्वजनिकरुपमा देखिएकी छैनन् । यद्यपि, उनी सकुशल रहेको भन्दै भिडियो सार्वजनिक गरिएका छन् ।

चीनमा प्रत्येक वर्ष हुने चाइना ओपन टेनिस सन् २०१९ पछि कोरोना भाइरसको महामारीका कारण हुन सकेको छैन । यसबिच सन् २०२२ हुने टुर्नामेन्ट पेंगको अवस्था एवं सुरक्षालाई लिएर निलम्बन गरिएको डब्ल्यूटीए प्रमुख स्टिभ साइमनले बताएका हुन् ।

सन् २०२२ मा टुर्नामेन्ट भयो भने स्टाफ र खेलाडीहरूको सुरक्षालाई लिएर चिन्ता रहेको डब्ल्युटीएले जनाएको हो । चीनमा हुने ओलम्पिकमाथि आर्थिकरुपमा  डब्ल्युटीएको ठुलो निर्भरता भए पनि व्यापार भन्दा ठुलो खेलाडी अर्थात् पेंगको अवस्था एवं सुरक्षा रहेको भन्दै टुर्नामेन्ट निलम्बन गरिएको बताएको छ ।

शक्तिशाली व्यक्तिहरूले महिलाको आवाजलाई दबाउन सक्ने र यौन दुर्व्यवहारको आरोप लुकाउँछन् भने महिला समानताका लागि स्थापना गरिएको महिला टेनिस सङ्घलाई ठुलो धक्का लाग्ने विज्ञप्ति उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ