arrow

३१५ संक्रमित थपिए, ६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
corona-variant.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड१९) पुष्टि भएको छ। ९ हजार ५ सय ११ पीसीआरमध्ये २९८ र १ हजार ८ सय ९२ एन्टीजेनमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो।

पीसीआरबाट संक्रमण पुष्टि हुनेको संख्या हेर्दा आइतबार संक्रमण दर ३.१ प्रतिशत देखिएको छ । थपिएकामा उपत्यकाका मात्रै १६६ जना हुन् । जसमा काठमाडौंका ९९, ललितपुरका ४२ र भक्तपुरका १५ जना हुन् ।

यसै समयावधिमा २ सय १ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ११ हजार ४ सय ३ जनाको नमुना परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ८ लाख २१ हजार ९ सय ४९ जनामा र एन्टीजेन विधिबाट ९५ हजार ५ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ८ लाख ३ हजार ३ सय ६९ जना निको भइसकेका छन् भने ११ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ ।
 



नयाँ