arrow

भारतमा दुई जनामा भेटियो ओमिक्रोन भेरियन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १६ बिहिबार
omicron.png

काठमाडौं । कोरोना भाइरसको नयाँ बढी संक्रामक र घातक मानिएको भेरियन्ट ओमिक्रोन भारतमा पनि फेला परेको छ ।

विदेशबाट आएका कर्नाटकका दुई पुरुषमा ओमिक्रोनको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

ती व्यक्तिसँग सम्पर्कमा रहेकाहरुको खोजी एवं परीक्षण भइरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयले मानिसहरुलाई चिन्ता नलिन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

ओमिक्रोन अहिलेसम्म २९ देशमा फैलिसकेको छ । यो भेरियन्ट कति खतरनाक छ भन्ने कुरा अध्ययनका क्रममा छ ।



नयाँ