arrow

पर्यटनमन्त्री प्रेम आले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा, कर्मचारीसँग रिसाए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
prem aler.jpg

पोखरा । पर्यटनमन्त्री प्रेम आलेले शुक्रवार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् । उनले विमानस्थलमा पुगेर निरीक्षण काम प्रगतिबारे जानकारी लिएका हुन् ।

त्यस क्रममा विमानस्थल निर्माणको प्रगति र समस्याबारे विमानस्थल निर्माण आयोजना प्रमुख ई. विनिश मुनकर्मीले मन्त्री आलेलाई जानकारी गराएका थिए ।

उक्त अवसरमा मन्त्री आलेले विमानस्थल निर्माणको काम समयमै सम्पन्न गर्न निर्देशन दिए ।

साथै मन्त्री आले आयोजना प्रमुख मुनकर्मीसँग काम प्रगतिमा समस्या मात्र सुनाएको भन्दै रिसाएका थिए । मुनकर्मीले बजेट अभावमा केही काम रोकिएको बताएका थिए ।

मन्त्री आलेले समस्या समाधान गरेर तुरुन्त काम सुचारु गर्न निर्देशन दिए । समस्या देखाउने मात्र होइन समस्या समाधान गरेर काम थाल्न उनले निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ