arrow

एलजी प्युरिकेयर ३६० डिग्री एयर प्युरिफायर नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
lg-purifier.PNG

काठमाडौं । सीजी इलक्ट्रोनिक्सले एलजी प्युरिकेयर ३६० डिग्री एयर प्युरिफायर नेपाली बजारमा भित्र्याएको छ । ३६० डिग्री प्युरिफिकेसन ले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम ऐरियाको सबैतिर प्युरिफिकेसन गर्ने सीजीले जनाएको छ । 

सीजीले भनेको छ, ‘यस एयर प्युरिफायरले शक्तिसाली फिल्टरेशन प्रदान गर्दछ । जसले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र शुद्धीकरणहरुले हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाउँछ ।’

सीजी अगाडि भन्छ, ‘एलजी प्युरीकेयर ३६० डिग्री एयर प्युरिफायरले तपाईको ठाउँ सफा र आरामदायी राख्छ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी (नासा) द्धारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’ को मद्धतले हावाको ऐयर फ्लो उच्चतम गराई एयेर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ ।’

सीजीका अनुसार मल्टि फिल्टे«सन सिस्टम (एचईपीए १३) ६ वटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित यस फिल्टरले तपाईको घरभित्र भएको ब्याक्टेरिया, भाईरस, धुलो लगायत प्रदुषणलाई ९९.९ प्रतिशत हटाउँदछ ।

त्यस्तै पीएम १.० सेन्सर को साथै आयोनाइजर ले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एयेरबोन पाटिकल्सलाई पनि निस्कृय पार्दछ । सीजीका अनुसार ‘एलजी थिङक्युको स्मार्ट इन्डिकेटर रियल टाईममा एयरको क्वालिटीको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोग गरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ ।  

एलजीको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको भन्दै अगाडि सीजीले भनेको छ, ‘यसको ३६० डिग्री डिजाइनको साथ यसले तपाईको आन्तिरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु पनि सोस्दछ । यस प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पुर्याउँछ । यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेशनको साथ सफा हावाको वितरण गर्न मद्धत गर्दछ । यस एयर प्युरिफायरमा १० वर्षको वारेण्टी पनि रहेको छ ।’
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ