arrow

ओलीलाई प्रचण्डको जवाफ- महाधिवेशनपछि एमाले सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो

सदन अवरोधका बाबजुदपनि चल्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
prachanda-dahal-media-brief.jpg

काठमडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले यही मङ्सिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताएका छन् ।
सङ्घीय संसद्को दुवै सदनमा नेकपा एमालेको अवरोध कायमै रहने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ पछि प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।

प्रचण्डले भने, 'उहाँहरूले सुरुदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसै गरी चल्छ । उहाँहरूको नियत चाहिँ ठिक छैन भन्ने कुरा पुरै नेपालीले देखिसकेका छन् ।'  

उनले थपे, 'अहिले महाधिवेशन गरेपछि सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो भन्ने कुरा शुक्रवारको वक्तव्यबाट देखियो ।'  पेल्ने भन्ने कुरा नभएको भन्दै उनले सदनबाट गर्नुपर्ने काम अघि बढ्दै जाने बताए । अहिले तत्काल निर्वाचन सम्भव नभएको उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ