arrow

चितवनको विकास र राजनीतिक महत्व एमालेले बुझेर गयो, खुशी लागेको छ : अध्यक्ष प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
prachandaa.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेले चितवनमा गरेको महाविधेशनलाई आफूले सकरात्मक रुपमा लिएको बताएका छन् ।

चितवन राजनीतिको केन्द्र बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएकाहरुले चितवनको विकास र महत्व बुझेर गएको उल्लेख गरे ।

नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले  एमाले महाधिवेशनलाई आफूले सकारात्मक रुपमा लिएको बताए। उनले भने,‘देशको राजनीतिको केन्द्र पनि चितवन भएको छ। केही दिन अघि निकै ठूलो मेला जसरी मानिसहरु जम्मा भए। नारायणी के हो ? चितवन के हो ? यहाँको भौतिक पूर्वाधार केहो ? भन्ने देखेर गए ।’

उनले एमाले मात्र नभइ अन्य पार्टीले पनि चितवनमा कार्यक्रम गर्न सुझाव दिए । ‘देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन र जंगलको स्थिति बुझेर जानु भनेको हामी चितवनबासीहरुको लागि खुसी र गर्वको कुरो हो’उनले भने ।

शुक्रबार गृह जिल्ला चितवन पुगेका प्रचण्डले चितवनमा र भरतपुरमा विकासका धेरै काम भएको बताउँदै एमालेका मान्छेहरुले भौतिक पूर्वाधारको विकास साथै चितवन जिल्लाको राजनीतिक महत्व के हो भन्ने एमालेले मजाले बुझने मौका पाएको पनि उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ