arrow

ओमिक्रोन ३८ देशमा फैलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
omicron-corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ३८ देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ३८ देशमा फैलिसकेको बताएको हो । उसले अहिलेसम्म ओमिक्रोनबाट कसैको ज्यान भने नगएको बताएको छ । 

यो अन्य भेरियन्ट भन्दा तीव्र गतिमा फैलिइरहेको छ । तर यो कति खतरनाक छ भन्ने बारेमा यकिन हुन अझै समय लाग्नेसमेत डब्ल्यूएचओले बताएको छ । 

पछिल्लो समय ओमिक्रोन क्यानडामा १५ जनामा पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ५० वर्ष माथिकालाई बुस्टर डोज दिनुपर्नेसमेत बताएको छ । 

दक्षिण अफ्रिकाबाट यो ओमिक्रोन फैलिन थालेको हो । अहिले दक्षिण अफ्रिकामा बालबालिकामा बढी नै फैलिइरहेको छ । ५ वर्ष भन्दा कम उमेरका बालबालिका यसको चपेटामा बढी परेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ