- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसले गर्दा विश्वमा अनेक घटना भइरहेका छन् । कोरोनाले गर्दा धेरैलाई डिप्रेशनमा समेत धकेलेको छ । पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिन थालेपछि यसले झन् ठूलो चिन्ता थपेको छ ।
सोही क्रममा भारतमा एक चिकित्सकले आफ्नो परिवारकै हत्या गरेको छ । कानपुरका डा. सुशील कुमारले शुक्रबार साँझ पत्नी, छोरा र छोरीको हत्या गरेको हो । हत्यापछि उसले एउटा नोट पनि लेखेको छ । जसमा लेखिएको छ –अब लास गन्नु छैन ओमिक्रोन ।
उक्त चिकित्सकका अनुसार अब लास गर्नुको अर्थ छैन । ओमिक्रोनले कसैलाई पनि बाँकी राख्दैन भन्ने उनको कथन छ । चिकित्सकले आफूलाई कोभिडसँग सम्बन्धित डिप्रेशन रहेको पनि उल्लेख गरेका छन् ।
हत्यारा डाक्टरले परिवारका तीन जनालाई मारेपछि भाइलाई म्यासेज गरेर यसको जानकारी दिएको थियो । उसले पुलिसलाई खबरसमेत गर्न भनेको थियो । डिप्रेशनमा आफूले परिवारलाई मारेको बताएको छ ।
परिवारलाई मारेपछि आफू भने बेपत्ता भएको छ । उसले नोटमा ओमिक्रोनले सबैलाई मारिदिने उल्लेख गरेको छ । उसले आफ्नो भविष्य नभएकोसमेत उल्लेख गरेको छ ।
उसले होसहवासमै परिवारलाई मारेको उल्लेख गरेको छ । उसले आफूले परिवारलाई कष्टमा छाड्न नसक्ने भन्दै मुक्ति मार्गमा छोडेको दाबी गरेको छ ।
उक्त डाक्टरले लेखेको १० पृष्ठ लामो नोट फेला परेको हो । ओमिक्रोनले कसैलाई नछाड्ने बताउँदै डाक्टरले आफ्नो अगाडि कसैलाई दुःखी देख्न नसक्ने बताएको छ ।
यसअघिका दुवै कोरोनाका लहरमा उक्त डाक्टरलाई कोभिड अस्पतालमै खटाइएको थियो । उक्त क्रममा उसले कयौंलाई आफ्ना आँखा अगाडि मरेको देखेको थियो ।
उसले पत्नीलाई टाउकोमा हानेर मारेको हो भने छोरा र छोरीको घाँटी थिँचेर मारेको थियो ।
कानपुरको इन्द्रानगरको डिविनिटी अपार्टमेन्टमा डा. सुशील कुमारले ४८ वर्षकी पत्नी, १८ सालको छोरा र १६ वर्षकी छोरीलाई मारेको हो ।