arrow

कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, २३८ संक्रमित थपिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
corona-nepal-map-1618301420.jpg

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७९७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ३९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५८७ पुगेको छ । पछिल्लो समय थप ३९२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार २०८ पुगेको छ । निको हुनेदर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पाँचको मृत्यु 
पछिल्लो २४ घण्टामा कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४० पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । 

त्यसैगरी पछिल्लो समय एक लाख ३० हजार ६८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५४४ रहेको छ । 

हाल होमआइसोलेशनमा छ हजार ३९७, संस्थागत आइसोलेशनमा ३४७, सघन उपचारकक्षमा १०६ र भेन्टिलेटरमा ३२ जनाको उपचार हुँदैछ ।



नयाँ