arrow

२०५ संक्रमित थपिए, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड१९) पुष्टि भएको छ। ७ हजार ९ सय ९५ पीसीआरमध्ये २०० र २ हजार ७ सय ५२ एन्टीजेनमध्ये ५ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएकामा उपत्यकाका मात्रै १०३ जना हुन् । जसमा काठमाडौंका ६६, ललितपुरका ३४ र भक्तपुरका ६ जना हुन् ।

यसै समयावधिमा ४ सय ३६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा १० हजार ७ सय ४७ जनाको नमुना परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा पीसीआर विधिबाट ८ लाख २२ हजार ५ सय ९२ जनामा र एन्टीजेन विधिबाट ९५ हजार ५ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ८ लाख ४ हजार ५ सय ४४ जना निको भइसकेका छन् भने ११ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ । हालसम्म १ करोड ३ लाख ५२ हजार ८४५ जनाले एक डोज र ८६ लाख ९७ हजार ९ सय ८९ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



नयाँ