- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालमा ७१ वर्षीय र ६६ वर्षीय दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भर्चुअल पत्रकारसम्मेलन गर्दै यो जानकारी दिएको हो ।
ओमिक्रोन भेरियन्ट फेला परेको देशबाट मंसिर ३ गते नेपाल भित्रिएका ६६ वर्षीय पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिदा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको थियो ।
तर, मंसिर ७ गते उनको नजिकका ७१ वर्षीय व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण जस्तै लक्षण देखिएपछि मंसिर ७ गते पीसीआर परीक्षण गरिएको थियो । सो क्रममा दुवै जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । तर एस जीन नेगेटिभ अर्थात् डेल्टा भेरियन्ट देखिएको थिएन ।
त्यसपछि सो नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो । अहिले दुवै जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।