मनिला । फिलिपिन्समा लागुऔषधको जालो तोड्न सरकारले निकै मेहनत गरेको छ । लागुऔषधका कारण फिलिपिन्समा युवाहरुको अवस्था दयनीय भएको भन्दै सरकारले त्यस्ता लागुऔषध प्रयोगमा लगाउने र डिलरलाई मार्ने अभियान थालेको हो ।
सो अभियान अन्तर्गत एक महिनामै तीन सय जनाको मृत्यु भएको छ । फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले देश लागुऔषध विरुद्ध लडिरहेकाले त्यस्ता लागुऔषध फैलाउनेलाई गोली ठोक्न आदेश दिएका हुन् ।
सरकारको यो अभियानसंगै ६० हजार लागुऔषध (ड्रग युजर्स) प्रयोगकर्ताले आत्मसमर्पण गरिसकेका छन् ।
अवैध लागुऔषधका कारण फिलिपिन्स निकै पछाडि धकेलिएको निष्कर्ष निकाल्दै राष्ट्रपतिले निकै ठूलो चुनौती मोलेर यो कदम चालेका हुन् ।