arrow

२६५ संक्रमित थपिए, २ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
corona-covid-delta-plus.jpg

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड१९) पुष्टि भएको छ। ७ हजार १  सय १४ पीसीआरमध्ये २३८ र १ हजार ५ सय ३ एन्टीजेनमध्ये २७ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ थपिएकामा उपत्यकाका मात्रै ११२ जना हुन् । जसमा काठमाडौंका ७९, ललितपुरका २३ र भक्तपुरका १० जना हुन्।

यसै समयावधिमा ३ सय ५७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ८ हजार ६ सय १७ जनाको नमुना परीक्षण गरिएको थियो।


हालसम्म नेपालमा पीसीआर विधिबाट ८ लाख २२ हजार ८ सय ३० जनामा र एन्टीजेन विधिबाट ९५ हजार ६ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ८ लाख ४ हजार ९ सय १ जना निको भइसकेका छन् भने ११ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। हालसम्म १ करोड ४ लाख ३१ हजार ६५९ जनाले एक डोज र ८७ लाख २५ हजार ७ सय ८५ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



नयाँ