arrow

पोखरा महोत्सव पुसको अन्तिम साता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
Pokhara mahotsab.jpg
फाइल तस्वीर

पोखरा । गत वर्ष स्थगित ११औं पोखरा महोत्सव आगामी पुस २८ देखि माघ ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा पोखराको अमरसिंहचौरमा महोत्सव हुनेछ । 

महोत्सव सम्पन्न गर्न ४१ वटा उपसमिति गठन तथा सल्लाहकार चयन गरेको छ । सोमबार बसेको क्लबको बैठकले क्लबका अध्यक्ष राजु श्रेष्ठलाई मूल आयोजक समिति संयोजक चयन गरेको छ । 

बैठकले कार्यसम्पादन समिति संयोजकमा क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अतिथि व्यवस्थापन समिति संयोजकमा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल र सङ्घसंस्था व्यवस्थापन संयोजकमा पूर्व अध्यक्ष शुकबहादुर गुरुङलाई चयन गरेको छ ।

यसै गरी सांस्कृतिक समिति संयोजकमा क्लबका प्रथम उपाध्यक्ष लोकबहादुर थापा, सचिवालय व्यवस्थापन समिति संयोजकमा क्लबका द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिना, प्रचारप्रसार समिति संयोजकमा क्लबका महासचिव शान्त बहादुर थापा र अर्थ व्यवस्थापन समिति संयोजकमा क्लबका कोषाध्यक्ष सूर्यबहादुर बानिया तोकिएका छन् ।

यस्तै, सुरक्षा व्यवस्थापन समिति संयोजकमा क्लबका सचिव दिनेश सुनार, स्टल व्यवस्थापन समिति संयोजकमा क्लबका सहकोषाध्यक्ष पूर्णकला पोख्रेल, खाजा खाना ब्यवस्थापन समिति संयोजकमा क्लबका सदस्य सीमा गुरुङ, बाल उद्यान समिति संयोजकमा सन्तोष कार्की, ब्यानर व्यवस्थापन समिति संयोजकमा जयराम आचार्य, अवार्ड तथा मायाको चिनो व्यवस्थापन समिति संयोजकमा दिवानी सुवेदी, मूलद्धार व्यवस्थापन समिति संयोजकमा विष्णु कुमार गुरुङ, टिकट व्यवस्थापन समिति संयोजकमा पूर्णकुमार श्रेष्ठ, अतिथि सत्कार संयोजकमा चन्द्राकुमारी पराजुली र स्वयंसेवक परिचालन समिति संयोजकमा शिव थापा चयन भएको क्लबले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ