arrow

बूढीगण्डकी बनाउने हो : अर्थमन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
janardanss.JPG

धादिङ । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् । त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले  भने, “बूढीगण्डकी बनाउने हो ।'

त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । 

अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए । विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ