arrow

कुमारी बैंकबाट नेपालमै पहिलो पटक फोनलोन ईएमआईमा भुक्तानी सुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
kumari-bank-phone-loan.gif

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्धेश्यले गत वर्षदेखि ल्याएको फोनलोन सुविधा अब ईएमआईमा भुक्तानी गर्न सकिने भएको छ । 

छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागि बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँगको सहकार्यमा ईएमआईमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको जनाएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन ईएमआई सुविधा संचालनमा ल्याएको प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको होे । 

कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम एक हजारदेखि अधिकतम दुई लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बंैकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । 

उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 

सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ति गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकलाई सहज हुने बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बताए ।  

यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवा सुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी सोको ‘बाइ नाउ पे लेटर’ अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । 

यस प्रविधिले क्यूआर भुक्तानीमा नयाँ आयाम थप्ने तथा विदेशमा जस्तै नेपालमा पनि बीएनपीएल लोकप्रिय हुन सक्ने धारणा एफ वान सफ्ट इन्टरनेशनल प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले बताए । 

आगामी दिनहरुमा यस फोनेलाअनलाई अझ विस्तारित र विकसित गर्दै लगिने कुमारी बैंकका चिफ डिजिटल बैंकिङ अनिष ताम्राकारले जानकारी दिए । 

आफ्ना देशव्यापी १९६ शाखा–संजाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिंग इकाई तथा १४ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ