arrow

इजरायलमा बर्ड फ्लूको प्रकोप

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
Isral1.jpeg

जेरुसेलम । इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच ५ एन १ एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको उल्लेख गरेको छ ।
 
खोरहरूमा टर्कीहरूको असामान्य मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि अविग्दोर गाउँको एक फार्ममा बर्ड फ्लूका केसहरू फेला परेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको भेटेरिनरी सेवाले सङ्क्रमित क्षेत्रमा तीव्र अनुसन्धान शुरु गरेको छ ।

एच ५ एन १ बर्ड फ्लूले अन्य जनावरहरू जस्तै बिरालो बाघ, सुँगुर र दुर्लभ अवस्थामा मानिसहरूलाई पनि संक्रमित गर्न सक्ने अनुसन्धानले देखाएको छ । मानिसमा बर्ड फ्लुको पहिलो लक्षण सामान्यतया गम्भीर श्वासप्रश्वासको रोग र ज्वरो आउँनु हो।

इजरायलमा बर्ड फ्लूको ठूलो प्रकोप २००६ मा रेकर्ड गरिएको थियो जसमा दक्षिणमा नौ व्यावसायिक रूपमा पालिएका टर्कीका खोरहरू समावेश थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ