arrow

२८० संक्रमित थपिए, थप २ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
corona-covid-dalta-plus.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरसको संक्रमण (कोभिड–१९) पुष्टि भएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख २३ हजार ३ सय ५७ जनामा पीसीआर र ९५ हजार ६ सय ८७ जनामा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ८ लाख ५ हजार ५ सय ७१ जना निको भइसकेका छन् भने ११ हजार ५ सय ४७ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६८ पीसीआर परीक्षण गरिएकामध्ये २५५ र ३ हजार ६ एन्टीजेन मध्ये २५ जनामा संक्रमण पुष्टि भएको हो। कुल १२ हजार १ सय ७४ जनाको नमुना परीक्षण गरिएको थियो ।

यसै समयावधिमा ३ सय ६६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । 

हालसम्म १ करोड ६ लाख ९९ हजार २६२ जनाले एक डोज र ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



नयाँ