arrow

५७ देशमा फैलियो ओमिक्रोन, अस्पताल भर्ना हुने बढ्ने डब्लूएचओको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ५७ देशमा फैलिसकेको छ । यसबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्ने चेतावनी दिएको छ ।

डब्लूएचओले साप्ताहिक महामारी रिपोर्टमा ओमिक्रोन भेरियन्टले कति गम्भीर अवस्थामा पुर्‍याउँछ भन्ने स्पष्ट हुन थप तथ्याङ्क चाहिने बताएको छ ।

डब्लूएचओले, डेल्टा भेरियन्ट भन्दा कम वा बढी घातक जे भए पनि अब, अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्ने र त्यसो हुँदा सङ्क्रमित बढ्ने र मृत्यु हुनेको सङ्ख्या पनि बढ्न सक्ने बताएको छ ।

सुरुमा दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट देखिएपछि त्यहाँ सङ्क्रमित हुनेको सङ्ख्या एक सातामै दोब्बरले बढेर डिसेम्बर ५ मा ६२ हजार पुगेको थियो ।

ओमिक्रोन भेरियन्ट कति धेरै सङ्क्रामक र घातक छ भन्ने कुराको अध्ययन रिपोर्ट आउन बाँकी छ । यस्तै यो भेरियन्टविरुद्ध खोपले कति काम गर्छ र एक पटक सङ्क्रमित भइसकेकाहरूमा सङ्क्रमण गर्छ या गर्दैन भन्ने कुराको पनि स्पष्ट जानकारी आउन बाँकी छ ।



नयाँ