arrow

सिरिया कारबम विस्फोटमा मृत्यु हुनेको संख्या ५२ पुग्यो

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
siryacarbombattack.jpg.jpeg
दमासकस । कुर्दिसहरुको बलियो प्रभाव रहेका सिरियाको उत्तरपूर्वी सहरमा बुधबार भएका दुई वटा बम आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५२ पुगेको सिरियाली सञ्चार माध्यमले जानकारी दिएको छ । 
 
यस आक्रमणमा १७० भन्दाबढी घाइते भएका छन् । घाइतेमध्य धेरैको अवस्था चिन्ताजनक भएको हुनाले मृतक सङ्ख्या अझै बढ्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ । 
 
हिजो प्राप्त प्रारम्भिक समाचारमा यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएको जानकारी दिइएको थियो । 
 
टर्कीको सीमा क्षेत्रनजिकै रहेको कमिसली सरहमा सो कारबम आक्रमण भएको जनाइएको छ । स्थानीय टेलिभिजन च्यानल समाकाअनुसार यस आक्रमणको जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ । 
 
सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनमा केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । 
 
यस गृहयुद्धमा आतङ्ककारी सङ्गठन अल कायदा र आइएस हाबी हुदै गयो । ती आतङ्ककारीले गरेका बारम्बारको आक्रमणमा परी सिरियामा सन् २०११ देखि हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । 
 
त्यसैगरी यस आक्रमणमा लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ व्यक्ति आफ्नो देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जीवन बिताउन बाध्य भएका छन् । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ