arrow

ठगी आरोपमा स्याङ्जाका खेमबहादुर बस्याल कारागार चलान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
khem bahadur.jpg
तस्वीरः जिल्ला प्रहरी कार्यालय

पोखरा । पोखरामा सरकारी जग्गामा घर बनाएर दिने भन्दै ठगी गरेको आरोपमा एक युवक जेल चलान भएका छन् ।

स्याङ्जा भिरकोट–८ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ९ बस्ने ३३ वर्षीय उत्तम वि.क. भनिने खेमबहादुर बस्याल कास्की कारागार चलान भएका हुन् ।

पोखरा महानगरपालिका वडा नं.१४ स्थित भोटेचौतारास्थित सरकारी जग्गामा घर बनाएर उपलब्ध गराउने भनी  बस्यालले स्थानीयबाट रकम ठगी गरेको कास्की प्रहरी प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

उनीमाथि भूमि सम्बन्धी समस्या समाधान आयोगको आधिकारिक लेटर प्याड, रबर छाप र अध्यक्षको दस्तखत किर्ते गरी ठगी गर्ने कार्यका मुख्य योजनाकार रहेको आरोप छ । 

बस्याललाई कास्की जिल्ला अदालतले ठगी मुद्दामा दुई लाख र लिखत सम्बन्धी मुद्दामा एक लाख ५० हजार धरौटी रकम माग गरेको छ ।

माग बमोजिमको धरौटी रकम जम्मा गर्न नसकेपछि बस्याल बुधबार जेल चलान भएको डिएसपी तिवारीले जानकारी दिए ।

भोटे चौताराको सरकारी जग्गामा घर बनाइदिने भन्दै विभिन्न मानिसहरूबाट नौ लाख ४६ हजार ठगी गरेको बताइन्छ । उनी केही समयदेखि बस्याल फरार रहेकोमा यही मंसिर १९ गते पक्राउ गरी प्रहरीले कास्की जिल्ला अदालतमा पेश गरेको थियो ।

उनी विरुद्ध झिल्के परियारसमेत २१ जना पीडित व्यक्तिहरूले ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी मुद्दा अनुसन्धानको क्रममा रहेको र वैदेशिक रोजगार विभागले समेत पक्राउ पूर्जी जारी गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ