arrow

पत्रकार वासुदेव पौडेल पुरस्कृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
bashudev poudel.jpg

पोखरा । राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल वर्ष उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनका अवसरमा पौडेललाई गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल (जीवन) र संघका अध्यक्ष बोबरजङ्ग गुरुङले २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

पौडेललाई समाचार लेखनका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा अर्थमन्त्री बरालले कोरोना प्रभावित पर्यटनको पुनरुत्थान अहिलेको आवश्यकता भएको बताउँदै थलिएको पर्यटनलाई अघि बढाउने विषय सरकारको प्राथमिकतामा परेको बताए ।

नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले धार्मिक पर्यटनका माध्यमबाट समृद्धि हासिल गरिने लक्ष्यका साथ धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धनलाई संघले प्राथमिकतामा राखेको बताए । 

कर नीतिको विषयमा सरकार स्पष्ट हुनुपर्नेमा जोड दिदै उनले व्यवसायी कर तिर्न तयार भएको तर एकद्वार प्रणाली आवश्यक हुने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा ल्याउन निजी क्षेत्रसँगको साझेदारीमा प्रवद्र्धनात्मक कार्यक्रमलाई अघि बढाइने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाले प्रभावित बनाएको पर्यटनलाई चलायमान बनाउन सरकारका घोषित कार्यक्रम तत्काल कार्यान्वयनमा आउनुपर्नेमा जोड दिए । 

नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले यातायात ऐन व्यवसायीको हितमा नआएको उल्लेख गर्दै सरकारको नीति व्यवसायमैत्री हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, महसचिव सुरेश दाहाल, प्रथम उपाध्यक्ष बाबुराम पाण्डे लगायतले बोलेका थिए । 

साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । 

अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा दुर्गादत्त दाहाल, द्धितीय उपाध्यक्षमा दीपेन्द्र ढकाल, महासचिवमा सुरेश दाहाल, सचिवमा प्रकाशकुमार श्रेष्ठ, कोषाध्यक्षमा रवीप्रसाद आचार्य, सदस्यहरू भुवानीप्रसाद अधिकारी, शोभाखर तिवारी, श्याम लामिछाने, विजय पौडेल, विकास कंडेल र भीम खड्का छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ