arrow

भारतमा निर्मित भिबोनका कुर्चीहरु पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
Citizen furniture.jpg

पोखरा । भारतको पुनेमा निर्मित भिबोनका कुर्चीहरु पोखरामा विक्री शुरु भएको छ । पोखराको न्यूरोडस्थित सिटिजन फर्निचर एण्ड ट्रेड लिंकले भिवोनका कुर्चीहरु विक्री शुरु गरेको हो । 

दुई वर्षदेखि नेपालमा विक्री हुँदै आएका भिवोनका कुर्चीहरु पोखरामा भित्याइएको हो । पोखरासंगै नेपालका विभिन्न आठ शहरमा भिबोनका कुर्चीहरु पाइने बताइन्छ ।

मानिसको शरीर बनावटसंग सन्तुलन राख्न पनि भिबोनका कुर्चीहरु अत्यन्तै उपयुक्त रहेको कम्पनीका नेपाल प्रमुख प्रवीन श्रीवास्तवले जानकारी दिए ।

सिंगल लकिङ तथा मल्टिपल लकिङ सिस्टमको भिबोनका कुर्चीमा पाँच पोजिसनमा मानिसको शरीर बनोट अनुसार मिलाउन सकिने उनले बताए । 

कुर्ची विश्वस्तरीय, एक हजार केजी क्षमताको, मानिसलाई एलर्जी हुनबाट जोगाउने श्रीवास्तवले जानकारी दिए । 

उनका अनुसार भिबोनको कुर्चीहरुका मूल्य १० हजार ६०० देखि एक लाख २९ हजार रुपैयाँसम्मका छन् ।

यस कम्पनीका जुनसुकै कुर्चीहरुमा दुई वर्षको वारेन्टी रहेको भन्दै श्रीवास्तवले कुर्चीले लोकप्रियता हासिल गर्दै गइरहेको बताए ।

सिटिजन फर्निचरका सञ्चालक दीपक कार्कीले पोखरेलीले भिबोनका कुर्चीहरु निकै मन पराउने विश्वास व्यक्त गरे ।

आफूले विभिन्न देशका र विभिन्न कम्पनीका फर्निचरका समानहरुको विक्री वितरण गर्दै आइरहेको भन्दै भिबोनका कुर्चीहरुले छिट्टै लोकप्रियता हासिल गर्ने बताए ।

पोखरेलीको मायाले छिट्टै डिलरमिट आयोजना गर्न आफू सफल हुने कार्कीले दावी गरे ।

उनले भिबोनका कुर्चीहरु विक्री शुभारम्भको अवसरमा १० दिन १५ प्रतिशत छुट दिने बताए । 

भिबोनका कुर्चीहरु विभिन्न २६ प्रकार र विभिन्न कलरमा उपलव्ध छ । 

कम्पनीका एरिया सेल्स म्यानेजर मनोज कुमार घिमिरेका अनुसार भिबोनको कर्पोरेट अफिस सिंगापुरमा रहेको छ ।

भिबोनको नेपालका लागि आधिकारिक विक्रेता कनक न्यू ट्रेडर्स रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ