arrow

माओवादी केन्द्रले एकैपटक आज प्रदेश सम्मेलन गर्दै, प्रचण्डले उद्घाटन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
maobadi-kendra.jpg_1617715441.png

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो ।  प्रवास कमिटीको भने अधिवेशन मिति तय भएको छैन ।

अधिवेशनलाई दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ । सात वटा प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ । 

प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन् । माओवादीले ११ मंसिरमा पालिका सम्मेलन गरिसकेको छ भने ११ देखि १३ पुसमा काठमााडौंमा राष्ट्रिय सम्मेलन तय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ