arrow

ओबामाको समर्थन हिलारीलाई

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
obamahillary.jpg.jpeg
वासिङटन (संयुक्तराज्य अमेरिका) । बुधबार डेमोक्र्याटिक पार्टीकातर्फ अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवार बनेकी हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले पूर्णरुपमा समर्थन गरेका छन् । 
 
डेमोक्र्याटिक पार्टीको अधिवेशनको क्रममा ओबामाले दिएको एक सम्बोधनमा अमेरिकामा अव हुन गइरहेको अमेरिकी राष्ट्रपति पदका उम्मेदवार हिलारी जति सहि व्यक्ति अरु नभएको दाबी गरेका छन् । 
 
अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपतिको उम्मेदवारीका नयाँ इतिहास रच्न सफल हिलारीलाई बधाई दिदै विगतमा हिलारीले अमेरिकाको लागि दिएको योगदानको प्रशंसा गरे । 
 
डेमोक्र्याटिक पार्टीको यो निर्णयसँगै क्लिन्टनले अब रिपब्लिकन पार्टीका तर्फका राष्ट्रपतिको उम्मेदवार घोषणा भएका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने छिन्  । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ