- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विज्ञहरूले अध्ययन गरेको तथ्याङ्कले दुई डोज मात्रै लगाउँदै लक्षणसहितको सङ्क्रमण भइरहेको बताएका हुन् ।
तेस्रो डोज अर्थात् बुस्टर डोज लगाएका ७५ प्रतिशत मानिस ओमिक्रोनबाट सङ्क्रमित हुनबाट जोगिएको उनीहरूले बताएका छन् ।
बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका सल्लाहकार डा सुशन हपकिन्सले भनेका छन्, 'तीन महिनाअघि २ डोज खोप लगाएकाहरू लक्षणसहित ओमिक्रोनबाट सङ्क्रमित भइरहेको देखिएको छ ।'
अक्सफोर्ड एस्ट्राजेनेका अथवा फाइजरको खोप लगाएकाहरूले फाइजरको बुस्टर डोज लगाउँदा ७० देखि ७५ प्रतिशत प्रभाकारी पाइएको समेत विज्ञहरूले बताएका छन् ।
बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीको रिपोर्टले २५ हप्ता अघि अक्सफोर्ड एस्ट्राजेनेकाको खोप लगाएकाहरूमा ओमिक्रोनविरुद्धको प्रभावकारिता निकै न्यून देखिएको छ ।
दुई डोज मात्रै लगाएकाहरूमा ओमिक्रोनविरुद्धको प्रभावकारिता १० प्रतिशत मात्रै देखिएको विज्ञहरूले बताएका छन् । यद्यपि, थोरै मानिसमा गरेको अध्ययनका कारण ठोकुवा गरेर नै भने दाबी गरेका छैनन् ।
स्वास्थ्य सुरक्षा एजेन्सीले डिसेम्बरको मध्यदेखि ओमिक्रोन नै सबैभन्दा बढी रूपमा फैलिन सक्ने चेतावनी समेत दिएका छन् ।
शुक्रवार बेलायतमा गत जनवरी ९ यताकै धेरै ५८ हजार २ सय ५४ जानमा सङ्क्रमण पुष्टि भएको छ । यसबीच स्वास्थ्य सुरक्षा एजेन्सीले ओमिक्रोन डेल्टा भन्दा पनि डोमिनेन्ट भएर फैलिन सक्ने चेतावनी दिएको हो ।