arrow

ठमेलमा स्वतन्त्रताको अमृत महोत्सव ‘फ्लेभर्स अफ कश्मीर’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
indian-11111.jpg

काठमाडौं । राजधानीमा ‘फ्लेभर्स अफ कश्मीर’ कार्यक्रम आयोजना गरिएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासले होटल एलोफ्टसँग सहकार्य गर्दै स्वतन्त्रताको अमृत महोत्सव ‘फ्लेभर्स अफ कश्मीर’ आयोजना गरेको हो । 

उक्त महोत्सवमा भारतीय प्रसिद्ध सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको थियो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शनिबार उक्त ‘फ्लेभर्स अफ कश्मीर’ को उद्घाटन गरेका थिए । 

उक्त ‘फ्लेभर्स अफ कश्मीर’ ठमेलमा रहेको होटल एलोफ्टमा पुस ४ गतेसम्म चल्नेछ । भारतमा मात्र नभइ विश्वभर ‘पृथ्वीमा स्वर्ग’ नामले परिचित कश्मीर प्राकृतिक छटाले मात्र भरिपूर्ण नभइ खानाको परिकारको लागि पनि परिचित छ । 

रमाइलो स्वादिष्ट परिकारहरुमा कश्मीरी पुलाउ, रिस्ता, गुस्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी लगायतका परिकार ‘फ्लेभर्स अफ कश्मीर’ मा खान पाइने छ । 

भारतको ७५ औं स्वतन्त्रता वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको उक्त आजादीका अमृत महोत्सव अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको हो । ‘फ्लेभर्स अफ कश्मीर’ महोत्सवको शुरुआत पनि भएको भारतीय दूतावासले बताएको छ । 

उद्घाटन कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरले कश्मीरको समृद्ध सम्पदा झल्काउने सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ