arrow

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पाण्डे विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
yam bahadur panday.jpg

रुपन्देही । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा पुनः यमप्रसाद पाण्डे विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानको आइतबार बिहान सार्वजनिक मत परिमाण अनुसार पाण्डेले अध्यक्षका अर्का उम्मेदवार टीकाराम गौतमलाई ६१ मतले पराजित गरेका हुन् ।

अध्यक्षमा विजयी पाण्डेले ४५८ मत र गौतमले ३९७ मत प्राप्त गरे । निर्वाचनमा ८६५ मत खसेको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा ४७८ मतसहित प्रतापबहादुर कार्की विजयी भएका छन् । उनका प्रतिस्पर्धी कमल घिमिरेले ३७८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षतर्फ खुल्लामा खगराज गौतम, गणेश घिमिरे र लक्ष्मण गैरे, गुप्तबहादुर केसी, पर्शुराम भण्डारी, रमेशकुमार फौजदार, कृष्ण ठकुरी, चेतबहादुर थापा विजयी भएका छन् ।

यस्तै, महासचिवमा ४६६ मतसहित हरिप्रसाद कँडेल, सचिवमा ४३० मतसहित अर्जुनकुमार भुसाल र कोषाध्यक्ष पदमा ४९८ मतसहित हरिप्रसाद रिमाल विजयी भएका छन् ।

समितिको १० कार्यसमिति सदस्य पदमा अर्जुनबहादुर कुँवर, अशोक कुँवर, उज्वल केसी, कृष्णबहादुर कँडेल, कृष्णबहादुर रानाभाट, गोपाल लम्साल, यमबहादुर जिसी, शंकरप्रसाद लम्साल, शोभाकान्त पाण्डे र ज्ञानेन्द्रबहादुर रेश्मी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

बुटवलमा प्रधान कार्यालय रहेको समितिमा एक हजार २० जना ट्रक व्यवसायी संलग्न छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ