arrow

अभियानकै बीचमा २८ महिला तथा बालिका पीडित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
violence.png
तस्बिर– सांकेतिक

काठमाडौं । ‘घरैबाट शुरू गरौंं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएका इन्सेकले जनाएको छ ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको यो अवधिमा इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

‘१६ दिनको अवधिमा इन्सेक अनलाइनमा सुदूरपश्चिमबाहेकका ६ ओटा प्रदेशमा २८ जना महिला तथा बालिका पीडित भएका समाचार प्रकाशन भए ।’ इन्सेकले आज जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार बागमती प्रदेशमा सात, कर्णाली प्रदेशमा ६, लुम्बिनी र प्रदेश २ मा पाँचरपाँच, प्रदेश १ मा तीन र गण्डकी प्रदेशमा दुई जना पीडित भएका छन् ।

यो अवधिमा पत्नी हत्याका दुई र आमाको हत्याको एउटा समाचार प्रकाशन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘१६ दिनको अवधिमा १८ जना बालिका र १० जना महिला पीडित भए ।’–प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा कानून कार्यान्वयनका सवालमा पीडित केन्द्रीत र महिलामैत्री वातावरणको निर्माण गर्नुपर्ने लगायतका १३ बुँदे सुझाव पनि समेटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ