arrow

अभियानकर्मी चन्दले चलाए मुम्बईमा अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
chakra.PNG

काठमाडौँ । वाग्मती सफाइ अभियानकर्मी एवं कलाकार चक्रबहादुर चन्दले मुम्बईको बरसवावीचको सागरतट क्षेत्रमा सफाइ अभियान चलाएका छन् । अभियानकर्मी चन्द बहुचर्चित नेपाली चलचित्र प्रेमगीत-३ को प्राविधिक कामका लागि केही हप्तादेखि भारतको मुम्बईमा छन् । मुम्बई रहेका बेला समयको सदुपयोग गर्दै चन्दले वरसवावीचको सागरतटको सफाइ अभियान चलाएका हुन्।

मुम्बईमा लगातार तेस्रो हप्तासम्म सफाइ अभियान सम्पन्न गरेको उनले जानकारी दिए। चन्दलाई युवा व्यवसायी तथा समाजदेवी मधु आर्याल तथा वलिउड कलाकार तारा शर्माले साथ दिएका छन्। 

सो अवसरमा अभियानलाई मुम्बई महानगरपालिकाको फोहर सङ्कलन साधन एवं सफाइ समूहले समेत साथ दिएको थियो । समुद्र तटमा दैनिक आउने फोहरजन्य पदार्थलाई महानगरपालिकाले नियमित सङ्कलन गर्दै आएको छ । समुद्र तटमा दिनहुँ प्लास्टिकजन्य पदार्थ जम्मा हुन्छ । 

प्लाष्टिकले पृथ्वीमा वातावरणीय प्रभाव डरलाग्दो बन्दै गएको छ । अभियानका क्रममा तीन हप्तादेखि प्लास्टिकलगायत फोहर टिप्ने गरिएको छ । काठमाडौँमा प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मतीमा सफाइ गर्ने बानीलाई उनले त्यहाँ पनि निरन्तरता दिएका हुन् । चन्दले राजधानी बाहिर हुँदा सम्बन्धित स्थानमै सफाइ अभियान चलाउँदै आएका छन् ।
 
अभियानकर्मी चन्दले देशव्यापी रुपमा सञ्चालन भइरहेको मेचीमहाकाली सफाइ अभियानसमेत चलाउँदै आउनुभएको छ । उन आफू पुगेका स्थानमा सफाइ अभियान चलाउने गर्छन् । चलचित्र प्रेमगीत-३ लाई हिन्दी भाषामा अनुवादका लागि अभियानकर्मी चन्दसहितको समूह अहिले भारतमा रहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ