arrow

इजरेलका प्रधानमन्त्री यूएईको भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
israel.jpg

काठमाडौं ।  इजरेलका प्रधानमन्त्री नाफ्ताली बेनेटले आइतबार (आज) संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमण गरिरहेका छन् ।

उनले युएईका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गर्ने बताइएको छ ।

इजरेल र युएईले गत वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यस्थतामा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।

त्यसयता पहिलो पटक दुई मुलुकबीच उच्च स्तरीय भेटघाट हुन लागेको हो । इजरेलका प्रधानमन्त्री बेनेटले आइतबार मन्त्रीपरिषद्मा युएई भ्रमणमा जान लागेको जानकारी दिएका हुन् । यद्यपि, अबु धाबीले भने कुनै प्रतिक्रिया दिएको छैन । 

अब्राहम सन्धि नाम दिएको सम्झौता अन्तर्गत मारक्को, सुडान, बहराइन र युएईले इजरेलसँगको सम्बन्ध औपचारिक रूपमा सुरुआत गरेका हुन् । 

यसले दशकौँको इजरेल प्यालेस्टीनी विवाद सामु नयाँ अध्याय सुरु भएको सङ्केत गरेको यो विषयको केही देशले विरोध एवं आलोचना समेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ